• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बागलुङकाे ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला सहयाेग

बागलुङ । ‘हेलम्बु एजुकेनशन एण्ड लाइभ्लीहुड’काे ‘स्कुल इन अ ब्याग’ कार्यक्रम अन्तर्गत बागलुङको बरेङ गाउँपालिका– ३ बाटाकाचौरस्थित ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झाेला वितरण गरिएकाे छ ।

विद्यालयमा अध्यनरत बालकक्षा देखि कक्षा ८ सम्म अध्ययनरत १ सय ३० जना विधार्थीहरुलाई सोमबार शैक्षिक सामग्री सहित विद्यालय झोला वितरण गरिएकाे हाे ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार गरी सवल र सक्षम विद्यालयको रुपमा स्थापित गरी गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यार्थीलाई सहयाेग गरिएकाे नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका कार्यक्रमका प्रमुख अतिथि डिल्लीराम सुवेदीले बताए ।

कार्यक्रममा नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त शर्मा पौडेल, नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा (बाबु), विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तुलसीराम पौडेल, पूर्व प्रधानाध्यापक केहरसिंह थापा, नेपाल विद्यार्थी संघका नेता विशेष पराजुलीले शुभ कामना मन्तब्य व्यक्त गरेका थिए । सहयोगी संस्था सहयोगका भरोसा छात्रवृत्ति संयोजक राम हरी सापकोटाले कार्यक्रमको लक्ष्य र उद्देश्यबारे बताएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक मदनबहादुर कार्कीले शैक्षिक क्षेत्रमा सबैको क्रियाशीलता, सक्षम र सबल ज्ञानोदय, गुणस्तरिय शिक्षामा सबैको प्रतिबद्धता, भन्ने विद्यालयको अभियानलाई साकार पार्न विद्यालय झोला वितरण कार्यक्रमले थप सहयोग पुग्ने बताए ।