बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्मित सबैभन्दा ठूलो क्षमताको बुटवल सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट बुटवल पुगेका देउवाले उद्घाटन र सम्मेलन केन्द्रको अवलोकन गरेका थिए ।
बुटवल मण्डपमा निर्मित सभाहल र प्रर्दशनी स्थललाई सहरी विकास मन्त्रालयमार्फत १ अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।
बुटवल उपमहानगरपालिका वडा नं १० रामनगरमा सम्मेलन केन्द्र निर्माणका लागि २०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो ।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ । सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव ४ बिगाह क्षेत्रफलमा भने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीकेन्द्र निर्माण भइरहेको छ ।