चन्द्र खत्रीकाे नयाँ गीत जाली मायाकाे सार्वजनिक (भिडिओसहित)

जापान । सर्जक चन्द्र खत्रीको शब्द तथा संगीतमा नयाँ गीत जाली मायाको सार्वजनिक भएको छ । शान्तीश्री परियार र सागर विरहीले स्वर दिएको गीत चन्द्र खत्री युट्युबमार्फत सार्वजनिक भएको हो ।

जापानमा रहेका खत्री एनआरएनए जापानका सल्लाहकार, गलकोट समाज जापानका सल्लाहकारसमेत हुन् ।

खत्रीले गीतमा माया पछिको बिछोडलाई समेटेका छन् । यसअघि खत्रीका ‘सिरमा शिरबन्दी’, ‘सुन कथा’, ‘माया सलल, गयौ सानु गयौ बिहे गरी’, ‘चर्कियो दिलको घाउ’ लगायत दर्जनौँ गीत आइसकेका छन् ।

विनोद भण्डारीले निर्देशन गरेको गीतको भिडओमा महेन्द्र गौतम र दिवा मगरको अभिनय छ ।

सागर विरहीको एरेञ्ज रहेको गीतको मिक्सिङ खडक बाजुरेलीले गरेका हुन् भने कोरियोग्राफी प्रशान्त मगरको छ ।

हेर्नुहाेस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१