
काठमाडाैं । केवाईसी अपडेड गर्दा माई पेले १ लाख सम्मको बीमा याेजना ल्याएकाे छ । यदी तपाईँ माई पेको ग्राहक हुनुहुन्छ भने तपाईँको १ लाख सम्मको बीमा सित्तैमा हुन्छ ।
नेपालमा पहिलो पटक माई पेले आफ्ना ग्राहकहरूलाई एक लाख रुपैयाँको दुर्घटना लाभ बीमा ल्याएको छ । माई पे ग्राहकले केवाईसी प्रमाणित गर्ने पहिलो एक हजार ग्राहकहरूलाई एक लाखसम्मको बीमाको व्यवस्था गरेको हाे ।
यो अफरले ग्राहकलाई आफ्नो लेनदेनसँगै बीमा गर्न मद्दत गर्छ । जसले ग्राहकहरूलाई परिवारमा मानसिक शान्ति र सुरक्षा प्रदान गरिरहेको छ । त्यसका लागि तपाईँले केवाईसी भरेर महिनाभर कम्तीमा १ हजारको कारोबार गरेको हुनुपर्छ ।
यसैगरी, माई पे सिक्का अफर पनि ल्याएकाे छ । प्रयोगकर्ताहरूले प्रत्येक लेनदेनको लागि पुरस्कारको रूपमा सिक्का कमाउने गरेका छन् । सिक्का उपयोगिता भुक्तानीको लागि प्रयोग गर्न सकिन्छ । यसरी प्रत्येक सिक्का एक रुपैयाँ जस्तै राम्रो छ । माई पे सिक्का, माई पे लोट्री कार्यक्रम अन्तर्गतको अफर हो ।
यस्तै, माई पेको पहिलो कारोबारमा २५% क्यासब्याक पनि पाउन सकिनेछ । याे अफरका लागि तपाईँले पहिले आफ्नो केवाईसी अद्यावधिक गर्नुपर्छ । यस्तै, टप अपहरूमा ३ प्रतिशत क्यासब्याक र सबै डेटा प्याकेज खरिदहरूमा २ प्रतिशत क्यासब्याक रहेको छ ।
टिभी र इन्टरनेट बिल भुक्तानीमा २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । माई पेमा बिना शुल्क क्रेडिट कार्ड भुक्तानीको ब्यवस्था पनि छ । तपाईँले प्रत्येक उडान बुकिङमा, उच्चतम् क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ ।
माई पे भुक्तानी सजिलो, भरपर्दो र सुरक्षित बनाउने उदेश्यले आएको एक प्रकारको नयाँ एप हो । माई पेमार्फत तपाईँले आफ्नो मोबाइल फोनबाट आफ्नो सबै लेनदेन व्यवस्थापन गर्न सक्नुहुन्छ ।
पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीप्रति जनताको चासो बढेको छ । पछिल्लो दुई वर्षयता कोरोना भाइरसको महामारीले डिजिटल भुक्तानीको आकर्षण पनि बढाएको छ ।