
काठमाडाैं । चांगन अटो नेपालले दशैँ र तिहारको उपलक्ष्यमा ग्राहकहरु माझ ‘दशैँ डिलाइट अफर’ ल्याएको छ ।
यस अफरअन्तर्गत ग्राहकहरुले चांगनको हन्टर र एल्सभीन १५ र ८ लाख डाउन पेमेन्टमै प्राप्त गर्नु हुनेछ भने अन्य विविध अफरहरुको लाभ उठाउन सक्नुहुनेछ । चाडबाडको हर्षोउल्लासलाई मध्य नजर गर्दै ग्राहकहरुमाझ विविध अफरहरु ल्याइएको कम्पनीले जनाएको छ ।
अन्य अफरहरु अन्तर्गत ग्राहकहरुले आकर्षक छुट, एक लाख सम्मको एक्सचेन्ज बोनस, एक वर्ष निशुल्क बीमा र एक वर्ष निशुल्क रोड ट्याक्स प्राप्त गर्नु हुनेछ । अफर सीमित अवधिका लागि लागु हुनेछ भने सर्त तथा नियमहरु लागु हुनेछ ।
ग्राहकहरुले चांगनको नक्शाल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्नुहुनेछ । यसका साथै https://www.changannepal.com/ मार्फत् विस्तृत जानकारी लिनका साथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नुहुनेछ ।
चांगन अटोसम्बन्धी सम्पूर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राममार्फत लग इन गरी प्राप्त गर्नसक्नु हुनेछ ।