राष्ट्रपति भण्डारीद्वारा ५ वटा विधेयक प्रमाणीकरण

काटमाडाैं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

१. तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

२. स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक

३. प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

४. सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

५. योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१