नाई संघद्वारा चर्काे मूल्यवृद्धि, सामान्य कपाल काटेकाे २०० रुपैयाँ !

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका सैलुनहरूले दिने विभिन्न सेवाको शुल्क बढाएको छ ।

जसअनुसार अब सामान्य कपाल काटेको शुल्क २०० रूपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि कपाल काटेको १५० रूपैयाँ शुल्क रहेकोमा एकैपटक ५० रूपैयाँ बढाइएको हो ।

यस्तै, दारी काटेको पनि १५० देखि २०० पुर्‍याइएको छ । सूचीअनुसार सामान्यरूपमा दारी काटेको १२० र विशेषरूपमा काटेको २०० तिर्नुपर्ने छ ।

दारी डिजाइनिङ गर्दा १५० देखि २५० रूपैयाँ शुल्क तोकिएको छ ।

सूचीअनुसार सबैभन्दा महँगो मूल्य चाहिँ कपाल डेडलक गर्दा लाग्छ । यसका लागि १२ हजारदेखि २५ हजार रूपैयाँ लाग्ने सूचीमा उल्लेख छ ।

यस्तै, कपाल कर्ली गरेको ३५ सयदेखि ७ हजार रुपैयाँ तिर्नुपर्छ । टाउको मसाज गरेको चाहिँ २०० रूपैयाँ लिइनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१