अब निर्वाचनबाट आउने संसदले राष्ट्रपति भण्डारीलाई महाभियाेग लगाउनुपर्छ : नैनसिंह महर

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब निर्वाचनबाट आउने संसदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियाेग लगाउनुपर्ने बताएका छन् ।

महरले देश संघ र प्रदेशको निर्वाचनमा होमिएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको असंवैधानिक कदमबाट देशमा अस्थिरता निम्तिने आशंका बढेकाे पनि बताएका छन् । उनले अहिले गठबन्धनले शान्तिपूर्ण तरिकाबाट मंसिर ४ काे निर्वाचन सम्पन्न गर्ने र त्यसपछि भण्डारीलाई महाअभियाेग लगाउनु पर्ने बताएका छन् ।

बुधबार एक विज्ञप्ती जारी गरी महरले भनेका छन् ‘प्रतिगामी शक्ति हरुको उक्साहतमा चालिएको कदमले देश फेरि प्रतिगमनमा जान सक्ने खतरा बढेको छ यसर्थ निर्वाचनबाट आउने संसदले संविधान उल्लंघन गर्ने राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने संकल्प राजनैतिक दलहरुको गठबन्धनको बैठकबाट पास गर्न र शान्तिपूर्ण तरिकाबाट कर्तब्यनिष्ठ भएर मंसिर ४ गते हुने निर्वाचन सम्पन्न गर्न आग्रह गर्दछु ।’

१४ महिना अघि तत्कालीन ओली नेतृत्वको सरकारले प्रतिगामी शक्तिहरूको उक्साहटमा असंवैधानिक तवरबाट गरेको संसद विघटन पश्चात् ०६२\६३ को आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई खतम गरेर देशलाई अन्धकारतर्फ धकेल्ने प्रयास पूरा नभएकाहरुको मनोकांक्षा पूरा गर्ने हेतुले राष्ट्रपतिबाट अहिलेको गैरसंवैधानिक कदम चालिएकाे हाे भन्ने बुझ्न गाह्राे नभएकाे पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१