• २०८३ असार ३
  • 2026 June 17, Wednesday

जनकपुरमा रेल चढ्दै ओलीले भने : मधेशको विकासका लागि राम्रो काम गरेका छौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश झरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन लक्षित कार्यक्रमका लागि मधेशमा केन्द्रित छन्।

लोसपा छाडेर धनुषा २ बाट निर्वाचित सांसद उमाशंकर अरगरिया सांसदलाई पार्टीमा भित्र्याउन आज महिनाथपुर पुगेका हुन्।

एमालेका नेता कार्यकर्तासहित जनकपुरबाट रेल चढेर महिनाथपुर पुगेका हुन्। उनले रेल चढ्ने क्रममा आफूलाई निकै राम्रो लागेको बताए।

उनले भने, ‘आफ्नो रेल, आफ्नो भूमि चढ्दा राम्रो लागेको छ। हामीले राम्रा काम गरेका छौँ। अहिले रेलमा जाँदै छौँ फर्कदा हामीहरुले बनाएको हुलाकी राजमार्गबाट आउँछौँ।’

मधेशका लागि यातायात कृषि आधुनिकरण, शिक्षा स्वास्थ्य लगायतका बिषयमा जोड दिनपर्ने बताए। ओली प्रधानमन्त्री हुँदा नेपालमा रेल, पानीजहाज लगायतको महत्वाकांक्षी योजना अघि सारेका थिए।