• २०८३ असार ३
  • 2026 June 17, Wednesday

कांग्रेसको असन्तुष्ट पक्षद्वारा आन्दोलनकाे घोषणा

काठमाडाैं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहका केही नेताहरूले आन्दोलनको घोषणा गरेका छन् ।

टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको विरोधमा नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेताहरूले आन्दोलन घोषणा गरेका हुन् ।

साेमबार ठमेलस्थित यात्री होटलमा बसेको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

पार्टीभित्र टिकटलगायतमा समान अवसर र दु:ख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग असन्तुष्ट पक्षको छ ।