काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले सत्ता गठबन्धनमा सिट बाँडफाँड आज भोलिभित्रै टुंगिने बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले भने, ‘आज भोलिभित्रै पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँडको सहमति हुनेछ । त्यसका लागि छलफल चलिरहेको छ ।’
उनले पार्टीभित्रका लोकप्रिय व्यक्तिलाई टिकट दिइने पनि बताए ।
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन भएको पनि उनले बताए ।