• २०८३ असार ३
  • 2026 June 17, Wednesday

बालेन साहप्रति मेरो नकारात्मक दृष्टिकोण छैन : महेश बस्नेत (भिडिओसहित)

काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहप्रति आफ्नो कुनै नकारात्मक दृष्टिकोण नरहेको बताएका छन् ।

हुलाक सञ्चारसंग कुराकानी गर्दै नेता बस्नेतले मेयर साह राजनीतिमा फरक ढंगले स्थापित हुन खोजीरहेको भन्दै आफ्नो शुभकामना समेत रहेको बताएका हुन् । तर काठमाडौँ महानगरपालिकाले थालेको अनाधिकृत संरचना हटाउने अभियानप्रति आफ्नो असन्तुष्टि रहेको बस्नेतले बताए । उक्त अभियानको बारेमा आम नागरिकहरुबाट आएको गुनासो आफूले सुझावको रुपमा व्यक्त गर्न खोज्दा मेयर साहद्वारा परिचालित केही ब्यक्तिहरुले अतिरन्जित रुपमा हल्ला फैलाएको बस्नेतले बताए ।

यस्तै नेता बस्नेतले काठमाडौँ महानगरपालिकाले केही ब्यक्तिहरु परिचालन गर्दै सामाजिक सञ्जालमा निश्चित ग्रुपहरु बनाउने, ब्यक्तिहरुको चरित्र हत्या गर्ने र राजनीतिक पार्टीहरुप्रति नकारात्मक भ्रमहरु फैलाउने काम गरिरहेको आरोप लगाएका छन् । मेयर साहका समर्थकहरुले सरकार, संविधान र कानुनका विरुद्ध गलत भ्रमहरु फैलाईरहेको समेत नेता बस्नेतले बताए ।

हेर्नुहोस भिडिओ