• २०८३ जेठ २२
  • 2026 June 05, Friday

डेंगुबाट ४४ जनाको मृत्यु, संक्रमितको संख्या ३३ हजार ९७५ पुग्यो

काठमाडौं । डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो ।

यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो । यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।

हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो ।