थप ४४ जनामा कोरोना संक्रमण

काठमाडाैं । नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ सय ७९ पिसिआर परिक्षणका क्रममा ३५ जना र १ हजार ६ सय ४३ पिसिआर परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप २९ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१