डिस्कोका बाउन्सरलाई खुकुरी हान्ने ६ जना पक्राउ

काठमाडाैं । दरबारमार्ग स्थित प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी हान्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान ४ बजे क्लबको ड्युटी सकेर डेरा फर्कँदै गर्दा उक्त क्लबका २ जना बाउन्सरलाई मोटरसाइकलमा आएको समूहले खुकुरी प्रहार गरेको थियो ।

खुकुरी प्रहारबाट नितेश राई र छिरिङ लामा घाइते भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले सिनधुपाल्चोक बाह्रबिसे घर भएका च्याङ्बा भनिने दावा दोर्जे शेर्पा, प्रदिप लामा, जीवन तामाङ, काभ्रे मंगलटारका जितेन लामासहित ६ जना पक्राउ परेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१