• २०८३ असार ४
  • 2026 June 18, Thursday

प्रचण्डको सचिवालयले भन्यो : काठमाडौँमा गरिब र श्रमिकमाथि भईरहेको अत्याचार बन्द गर

  • २०७९ असोज २९, शनिबार ०७:५३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सचिवालयले काठमाडौँ महानगरपालिकामा गरिब र श्रमिकमाथि भईरहेको अन्याय बन्द गर्न माग गरेको छ ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट राख्दै उक्त माग गरेका हुन् । उनले लेखेका छन् ‘ काठमाडौंमा भइरहेको गरिब र श्रमिकमाथिको अमानवीय अत्याचार बन्द गर ! गाँस,वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको संबैधानिक व्यवस्था कार्यान्वयन गर !’

यस्तै मल्लले तिनै तहको सरकारको मुख्य प्राथमिकता नागरिकको जीवन जिउने अधिकारको ग्यारेन्टी गर्नु भएकाले त्यसको प्रत्याभूत हुनुपर्ने माग गरेका छन् ।

  • २०७९ असोज २९, शनिबार ०७:५३