संकल्पपत्र सार्वजानिक गर्दै मधुसुधन पाठक ”सितेबा”

काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मधुसुधन पाठक सितेबा र क्षेत्र नम्बर ५ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामहरि अधिकारीले संकल्पपत्र सार्वजनिक गर्ने भएका छन् ।

बुधवार महाराजगञ्जको स्रोयल दरबार रेस्ट्रो एण्ड भेन्यूमा मधुसुधन र अधिकारीले आफ्नो संकल्पपत्र सार्वजनिक गर्न लागेका हुन् । हाम्रो नेपाली पाटीको लौरो अभियानबाट उम्मेदवारी दिएका पाठक र अधिकारीले सुंयुक्त रुपमा पाँच वर्षेमा आफूले गर्न लागेको काम आम मतदातालाई बुझाउने छन् ।

पारिवारिक एवं सामाजिक सद्भाव विकासका लागि विभिन्न चेतनामूलक उत्प्रेरणात्मक कार्यक्रम निरन्तर सञ्चालन गरेर बलियो मनस्थितिसहित नागरिकलाई राज्यसँग जोड्ने उनीहरुको प्रतिबद्धता छ ।

पाठक र अधिकारीले परम्परागत राजनीति र व्यक्तिको विकल्प दिन उम्मेदवारी दिएर विद्रोह गरेको बताउँदै आएका छन् । मतादाताले विकल्प रोजेर विद्रोह गर्ने बेला भएको उनीहरुको बुझाई छ । मंसिर ४ गते मतदाताले विवेक प्रयोग गर्नुपर्ने उनीहरुको आग्रह छ ।