• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

थपिए ४८ नयाँ संक्रमित,५० जना कोरोनामुक्त

काठमाडौं  । देशभर पछिल्लो समय १७ सय ८३ जनामा कोरोना परीक्षण गर्दा थप ४८ जनामा थप संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ५० जना कोरोना मुक्त भएका छन।

मन्त्रालयले हाल ७ सय २८ जना सक्रिय संक्रमित रहेको जनाएको छ। यो अवधिमा २१ हजार ४२५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन्। कोरोना संक्रमणकै कारण हाल १२ हजार १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।