• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुग्यो, ४२ हजारभन्दा बढी संक्रमित

काठमाडौं  । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत साउन देखि हालसम्म ५१ जना डेंगु संक्रमितको मृत्यु भएको छ। यस्तै, डेंगु संक्रमितको संख्या पनि ४२ हजार नाघेको छ। हाल देशभर ४२ हजार ५०४ जना डेंगु संक्रमित रहेका छन।

यो वर्ष गत साउन पहिलो हप्तादेखि ललितपुरबाट फैलिएको डेंगु संक्रमण ७७ जिल्लामा पुगिसकेको छ भने डेंगुबाट १० जिल्ला बढी प्रभावित भएका छन्। जसमा काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रूपन्देही, धादिङ, काभ्रेपलाञ्चोक र सुर्खेत छन्।

सबैभन्दा धेरै काठमाडौंमा १२ हजार ६५२, ललितपुरमा ८ हजार ८७६ र मकवानपुरमा ४ हजार ३२० जनामा डेंगु संक्रमण देखिसकेको छ।