• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

एमसीसी रोक्ने हैसियत सभामुखको हैन : ओली (भिडिओ)

  • २०७८ माघ १९, बुधबार १३:४९

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमसीसी रोक्ने हैसियत सभामुख अग्नि सापकोटा नरहेको र संसदको अधिकारको बिषयलाई सभामुखले बुलिङ गरेर राखेको आरोप लगाएका छन् ।

साथै उनले सरकारले लगेको प्रस्ताव सभामुखले रोक्न नमिल्ने भन्दै सभामुखले अनधिकृत ढंगले हैसियत भन्दा परको काम गर्न खोजेको धारणासमेत राखे । सरकारले प्रस्ताव लगेपछि निर्णय गर्ने अधिकार संसदको भएको भन्दै सरकारले गरेको सम्झौतालाई सभामुखले रोक्न मिल्दैन साथै एमसीसी पास गर्ने नगर्ने जिम्मा प्रतिनिधिसभाको अधिकार भएको उनको जिकिर थियो।

बुधबार एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा नै नरहेको एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौल सिर्जना गर्दै एमसीसी कसले पास गर्न मान्यो वा मानेन भनेर नक्कली हल्ला चलाएको आरोप समेत लगाएका छन् ।

भिडिओ :

 

  • २०७८ माघ १९, बुधबार १३:४९