कालीकोटमा बम विस्फोट, एक बालिकाको मृत्यु, चार जना घाइते

कालिकाेट । कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार शनिबार बिहान करिब ८ बजे बम विस्फोट भएको हो । विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको प्रहरीले जनाएकाे हाे ।

यस्तै, बम विष्फोटमा परी‌ साेही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएकाे पनि प्रहरीले जनाएकाे छ ।

विस्फाेट कसले र किन गराएकाे हो भन्नेबारे कुनै जानकारी नभएको पनि प्रहरीले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१