
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पूर्पक्षका लागि थुनामा पठाइएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हाे ।
गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् ।
सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरेको थियाे ।