नक्कली नाेटसहित राैतहटबाट ६ जना पक्राउ

राैतहट । मौलापुर नगरपालिका–८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नक्कली नोट बरामद भएको छ।

नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोटसहित बारा आदर्श कोतवाल गाउँपालिका–६ बस्ने २५ वर्षीय सोनु कुमार कुशवाहासहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो ।

साथै, पक्राउ परेकामश्ये मौलापुर नगरपालिका–६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाइराखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१