काठमाडाैं । टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी र्यापर हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका छन् ।
नवलपरासीकाे कावासाेतीमा गत साता याे घटना भएकाे हाे । सामाजिक सञ्जालमा उक्त भिडिओ सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा यसकाे चर्चा भइरहेकाे छ ।
सार्वजनिक भएकाे उक्त घटनाको भिडियोमा र्यापर हप्याकमाथि आगो झोस्नेदेखि कुटपिट गरिएको देख्न सकिन्छ ।
यातना दिने झाँक्री र अन्यलाई पक्राउ गर्नुपर्ने, पीडित र्यापरलाई उपचार गर्नुपर्ने माग गदै नेपहपको श्रीपेचको टोली त्यसतर्फ लागेको छ ।
नेपहपको श्रीपेचमा र्यापर हप्याक आफ्नो गायन शैलीबाट चर्चित थिए ।