• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सामाजिक सञ्जालमा राजनीतिक दललाई टिप्पणी गर्दा पक्राउ परे हिमाल गुरुङ

गाेरखा । सामाजिक सञ्जालबाट राजनीतिक दलप्रति टिप्पणी गरेकाे आरोपमा प्रहरीले आरुघाट गाउँपालिका-२ का हिमाल गुरुङलाई नियन्त्रणमा लिएकाे छ ।

सामाजिक सञ्जालमा राजनीतिक दललाई नकारात्मक टिप्पणी गरेकाे भन्दै प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएकाे हाे ।

गुरुङले स्वतन्त्र उम्मेदवारकाे पक्ष लिएर राजनीतिक दलप्रति नकारात्मक टिप्पणी गरेकाे आराेप प्रहरीले लगाएकाे छ ।

सामाजिक सञ्जालमार्फत उनले अब दललाई भाेट दिन नहुने उल्लेख गरेका थिए । नेपाली कांग्रेसका केही समर्थकहरुकाे उक्साहटमा प्रहरीले उनलाई पक्राउ गरेकाे पीडित पक्षकाे भनाइ छ ।