अमेरिका । अमेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ ।
विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बीबीसीले जनाएको छ ।
विद्यार्थी सवार बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो ।
गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन् ।
घटनाबाट आफू निकै विक्षिप्त भएको विश्वविद्यालयका प्रमुख जिम रायनले भनेका छन् । भर्जिनिया विश्वविद्यालय अमेरिकाको प्रतिष्ठित शैक्षिक संस्था हो ।