
काठमाडाैं । निर्वाचन आयोगले मनाङ ‘ख’ मा स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ (दीपक मनाङे) लाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ ।
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन नपुग्ने भन्दै अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको थियो ।
‘आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ । ३० लाखमा नेपालमा चुनाव जित्छ यार । मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ,’ मनाङेले भनेका थिए ।
आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई २५ हजार जरिवाना लगाएको आयाेगले जनाएकाे छ ।