काठमाडाैं । डाेटीाम भूकम्पले क्षति पुर्याएका परिवारलाई हिन्दू स्वयंसेवक संघ नेपालले बाकस सहयाेग गरेकाे छ ।
गत कार्तिक २२ गते राति २:१३ बजे गएको भूकम्पले डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिका वडा नं. ३ गैरागाउँमा मानवीय क्षति (६ जनाको मृत्यु)र भौतिक क्षति (१४ घर पूर्णरूपमा क्षति ) हुनगएको थियो ।
पूर्णरूपमा क्षति भएका १४ घरमा अत्यावश्यक (धन पैसा र गरगहना) वस्तुहरूको सुरक्षाको लागि बाकसको आवस्यकता ठानी #हिन्दू_स्वयंसेवक_संघ_नेपालले मंसिर २ गते संघका राष्ट्रिय बौद्धिक प्रमुख प्रताप सिंह बुढा र सुदूरपश्चिम सम्भाग प्रचारक नरेन्द्र देव ऐरीको उपस्थितिमा प्रत्येक घरका लागि एकएक बाकस पीडित परिवारलाई हस्तान्तरण गरी सहयोग गरेको हाे ।