
काठमाडाैं । नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजारमा आइपुगेको छ ।
त्यस्तै, चाँदीका भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।