• २०८३ जेठ २२
  • 2026 June 05, Friday

कपिलवस्तुमा भारतीय नागरिकमाथि गाेली प्रहार

कपिलवस्तु । कपिलवस्तुको मायादेविस्थित चाकर चौडामा एकजना भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय इरशाद खानमाथि गएराति दुई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार चाकरचौडा बजारको एक होटलमा रहेका उनलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ ।

गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्याइएको प्रहरीले जनाएकाे छ ।