मुलुक दुर्घटनातर्फ, यही संविधान रहे देश समाप्त (भिडियोसहित)

एस. के तिमिल्सिना नागरिकताका विषयमा विद्यावारिधि गर्दैछन् । उनी अधिवक्ता पनि हुन् । मुलुकका जल्दाबल्दा राजनीतिक मुद्दामा तीखो टिप्पणी गर्दै आएका तिमिल्सिना मुलुकको अबको राजनीतिक अवस्था झनै खतरापूर्ण रहेको बताउँछन् ।

निर्वाचनबाट जुन किसिमको परिणाम आएको छ त्यसले दिक्कलाग्दो राजनीतिक परिस्थिति निर्माण हुने उनको राय छ । उनका अनुसार संसदीय व्यवस्थाको विकृत रुप देखिने मात्र होइन चाँडै मध्यावधि निर्वाचनको घोषणा पनि हुनसक्छ ।

हुलाक सञ्चाररसँग तिमिल्सिनाले गरेका कुराकानीको महत्वपूर्ण अंश यस्ता छन् :

क ) यो संविधान र देश मध्ये एउटा रोज्नुपर्ने अवस्था आएको छ । यो संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नपर्छ । संघीयता खारेज गर्नुपर्छ । गणतन्त्रका विषयमा समेत पुनर्बिचार गर्नुपर्छ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले मुलुक समाप्त हुने दिशातर्फ जाँदैछ ।

ख ) राजसंस्था मुलुकका लागि आवश्यक छ । राजसंस्था र राजाका बारेमा गलत व्याख्या गरी बदनाम गरिएको छ । राजा महेन्द्रले चालेको कदमलाई ‘कु’ भनियो, तर त्यो देश बचाउने कदम थियो ।

ग ) गिरिजाप्रसादको टाउकोमा प्रहरीले लाठी हानेको दिनबाट मुलुकमा गणतन्त्रको लहर चल्यो । गणतन्त्र ल्याउनमा राजा ज्ञानेन्द्रका गलत कार्य मुख्य कारक हुन् ।

घ ) राजा ज्ञानेन्द्र भन्दा यो देशका प्रमुख नेताहरु शेरबहादुर देउवा, प्रचण्ड, केपी शर्मा ओली, माधव नेपालहरु खराब भए । यी नेताहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । यीनिहरुले अहिले फेरि चुनाव जित्नु दुर्भाग्य हो ।

ङ ) अहिलको चुनावबाट आएको परिणामले मुलुक मध्यावधि निर्वाचनमा जाने देखिन्छ । विकृति र विसंगति निकै बढ्नेछ ।

च ) रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा छ । यो पार्टी सत्ताको लोभमा फस्नु हुँदैन । अर्को निर्वाचनसम्म सत्ता बाहिर रहेर जनताको काम गर्नुपर्छ ।

छ ) सिके राउतले सरकारमा जान खुट्टा उचालिसके । उपेन्द्र यादवको हार स्वभाविक ।

ज ) राजेन्द्र महतोले यो देशको हितमा कहिल्यै काम गरेनन् ।

विस्तृत भिडियोमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१