
काठमाडाैं । जेल सजाय भोगिरहेका कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज बिहीबार केन्द्रीय कारागार सुन्धारामै रहने भएका छन् ।
अध्यागमन विभागले उनलाई राख्ने अलग्गै ठाउँ नभएको जानकारी दिएपछि केन्द्रीय कारागारले उनलाई बिहीबार अन्तिम समयमा रिहा गरेन ।
आजै रिहा गर्ने भनेर कारागारको अस्पतालमै शोभराजको स्वास्थ्य जाँच भइसकेको थियो ।
केन्द्रीय कार्यालयका जेलर ईश्वरी पाण्डेले शोभराज बिरामी भएकाले अलग्गै ठाउँ नरहेको जानकारी दिएको बताए ।
अब उनी भाेलिमात्र रिहा हुने भएका छन् ।
पछिल्लो समय अमेरिकी नागरिकको हत्या र केन्द्रीय कारागारमै रहेका जाली नोटसहितका आपराधिक कार्यमा संलग्न युनुस अन्सारीमाथिको गोलीकाण्डको सजाय भोगिरहेका उनलाई ज्येष्ठ नागरिकलाई दिइने सुविधाअनुसार रिहा गर्न बुधबार सर्वोच्च अदालतले आदेश दिएको थियो ।