काठमाडौं: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन नटुटेसम्म नेकपा एमाले नयाँ सरकार निर्माणकाे प्रक्रियामा सहभागी नहुने बताएका छन्।
आज शनिवार प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिलेकाे गठबन्धन लोकतन्त्र, देशको हितमा नरहेकाले एमाले सरकारी बनाउने खेलमा नरहेको बताएका हुन्।
पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका उहाँले भर्खरै सम्पन्न चुनावमा नागरिकले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताए।
गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उनले बताए।
