नेप्सेमा उच्च अंककाे वृद्धि, ५ महिना यताकै उच्च कारोबार

काठमाडाैं । साताको दोस्रो कारोबार मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

उच्च रुपमा नेप्से बढेसँगै नेप्सेमा करिब ५ महिना यताकै उच्च कारोबारसमेत भएको छ । नेप्से परिसूचक ५९.८७ अंक बढेर १९८३.९५ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका २६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता शेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार २ अर्ब बराबरको कारोबार भएको थियो ।

मगंलवार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लगानी उपसमूहको परिसूचक ६.४३ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१