
नेपाल राष्ट्र बैंकले २ लाख ७५ हजार केजी बराबरको पुराना चलनचल्ती अयोग्य खोस्टा नोट लिलाम बिक्री गर्ने भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग तथा उपत्यका बाहिरकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित बैंकको प्रादेशिक कार्यालयहरुमा थुप्रिएका पराना अयोग्य बैंकनोटहरु सार्वजनिक ट्रेन्डरमार्फत बिक्री गर्ने भएको हो ।
यस्तो बैंकनोट ब्रिकेट-स्रेडेड टुक्राहरु वार्षिक परिमाण करिब २.७५ लाख अर्थात् २ लाख ७५ हजार केजी बराबर रहेको बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले ४५ दिनभित्र (फागुन १ गते) दिउँसो १२ बजेसम्ममा केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा दरखास्त हाल्नुपर्ने बैंकले सूचनामार्फत जानकारी गराएको छ ।
इच्छुक खरिदकर्ताले विभाग वा कार्यालय पिच्छे खरिद गर्न मञ्जुर गरेको परिमाण तोकी फरक–फरक वा एकमुस्ट मूल्य प्रस्ताव पेश गर्न सकिने बैंकले जनाएको छ ।
तर, सिलबन्दी दरभाउ प्रस्ताव पेश गर्ने प्रस्तावदाताले जमानत बापत आफुले वार्षिक रुपमा खरिद गर्न कबोल गरेको ब्रिकेट-स्रेडेड टुक्राको कुल परिमाणलाई त्रैमासिक रुपले गणना गर्दा आउने परिमाणलाई आफुले प्रस्ताव पेश गरेको खरिद दरले गुणना गर्दा हुने रकमको न्यूनतम १० प्रतिशतले हुन आउने रकम बैंकको तोकिएको खातामा धितोबापत डिपोजिट गर्नुपर्ने समेत बैंकले जनाएको छ ।