सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बिहीबार म्याग्दी जिल्लाकाे बेनी बजारस्थित जिल्ला समन्वय कार्यालयको सभा हलमा उक्त कार्यक्रम आयाेजना गरिएकाे थियाे ।  कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेसेडरद्वय मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्य,  म्याग्दी जिल्लाका जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, त्यहाँका बैंक तथा वित्तीय संस्थाका कर्मचारी, विभिन्न समूह, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी, अभिकर्ताहरुलगायत स्थानीय जनसमुदायको उपस्थिति रहेकाे थियाे ।

म्याग्दी जिल्लाको बेनी बजारमा करिब ३०० जनाको सहभागितामा बीमा सचेतनासम्बन्धी बृहत र्‍याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो ।

कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पुर्‍याउन जरुरी रहेकोमा जोड दिए । ‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाइन्छ’ श्रेष्ठले भने ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधासहित आएको बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत, जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१