जनकपुर। मधेश प्रदेशका कार्यबाहक सभामुख हरिशंकर मिश्रले सरकार गठनको लागि आह्वान गरेका छन् ।
२८ पुसको दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न उनले विज्ञप्ति मार्फत आह्वान गरेका हुन् ।
मधेश प्रदेशसभामा कुनै दलको बहुमत छैन् । जसकारण दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न पर्ने छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९/९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १/१ र पाँच स्वतन्त्र सांसद छन् ।
हेर्नुहोस् विज्ञप्ति :
