• २०८३ असार ९
  • 2026 June 23, Tuesday

प्रचण्डले विश्वासको मत मागेपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समसामयिक राजनीतिबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएका छन् । देउवाले शुक्रवार अपराह्न साढे ४ बजे आफ्ना निजी निवास धुम्बाराहीमा बैठक बोलाएको कांग्रेसका एक पदाधिकारीले बताए ।

संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफलका लागि देउवाले बैठक बोलाएको ती पदाधिकारीको भनाइ छ ।

यसअघि २३ गते कांग्रेस संसदीय दलको बैठक बस्दैछ । यता माओवादी केन्द्रले बुधवार उपमहासचिव जनार्दन शर्मामार्फत विश्वासको मत दिन कांग्रेसलाई प्रस्ताव गरेको थियो ।