कांग्रेस शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा

  • संसदीय दलको बैठकको एजेण्डा तय गर्ने
  • काठमाडौं। भोलि बस्‍ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल गर्न कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्‍दैछ ।

    शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा केहीबेर पछि बस्‍दैछ ।

    बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागि हुदैँ छन् ।

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१