काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा समय निर्धारण गरेर बोल्न दिने निर्णय भएको छ । संसदमा प्रतिनिधि गर्ने राजनीतिक दलका प्रतिनिधिलाई दलको आकार अनुसार बोल्ने समय निर्धारण गरिने छ ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षमा नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा यसबारे निर्णय भएको हो ।
पहिलो बैठकलाई करिब २ घण्टा समय निर्धारण गरेर भएको संघीय संसद सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।