
काठमाडौं । रुपन्देहीमा जबरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । शारीरिक रुपमा अपांगता भएकी र सुस्त मनस्थितीकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारी पक्राउ परेका हुन् ।
उनले यही पुस २१ गते साँझको समयमा ती महिलाको घरमै पुगी जबरजस्ती करणी गर्न लागेको आरोप छ ।
उनीविरुद्ध जबरजस्ती करणी कसुरअन्र्तगत अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लालझण्डीले जनाएको छ ।
यस्तै, बालिकालाई करणी गर्न खोजेको आरोपमा सैनामैनाका २५ वर्षीय मधु सोमरे पक्राउ परेका छन् ।
आगो ताप्ने बहानामा घरमा एक्लो भएको अवस्थामा जबरजस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ । उनीविरुद्ध जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।