भ्यालेन्टाइन डेमा बिदा पाउनैपर्छ भन्ने ग्रुप तयार भैराछ, पृथ्वीजयन्तीमा बिदा दिए हुन्छ : बास्काेटा

काठमाडौं । एमाले पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले पृथ्वीनारायण शाहलाई सम्मान दिँदैमा राजतन्त्र नफर्किने बताएका छन् ।

पुस २७ गतेको पृथ्वी जयन्तीमा राष्ट्रिय बिदाको विषयमा बहस चल्दै गर्दा बास्कोटाले यस्तो बताएका हुन् । उनले सरकारले सार्वजनिक बिदा दिनुपर्ने तर्क गरेका छन् ।

पृथ्वीनारायण शाह नेपाल एकीकरणको आरम्भकर्ता भएकाले उनलाई राज्यले सम्मान दिनुपर्ने उनले बताए ।

‘उस्तै परे भ्यालेन्टाइन डेमा त बिदा पाउनैपर्छ भन्ने ग्रुप तयार भैराछ,’ उनले लेखेका छन्, ‘उनी(पृथ्वीनारायण शाह) त नेपाल एकीकरणका आरम्भकर्ता हुन्, उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१