
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन् । लोसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठकले विश्वासको मतबारे निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएको हो ।
यस्तै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । बैठकले संगठन विस्तारको कामलाई यथासिघ्र अगाडि बढाउने निर्णय पनि गरेको नेता केशव झाले जानकारी दिए ।