• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अनलाइन जुवा र गैरकानुनी वेबसाइट र एप नेपालमा बन्द गर्न निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइनमा कारोबारका लागि प्रयोग गरिने गैरकानुनी वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको हो।

नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ।

प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

यो पनि पढ्नुहोस् ।

टिकटकमार्फत् अर्काे विकृति : लाइभ बसेर जुवातास !