काठमाडौं । प्रतिनिधि सभाको आज बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजे बस्ने गरि सरेको छ ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको र त्यसपछि संसदीय दलको बैठक बस्ने भएकोले संसद बैठक २ घन्टा धकेलिएको छ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिनेबारे छलफल गरिरहेको छ।
प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ।