काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासकाे मत दिने निर्णय नेपाली कांग्रेसले गरेकाे छ ।
संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस कार्यसम्पादन र संसदीय दलको बैठकले उक्त निर्णय गरेको हाे ।
प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिनेछन् । यसअघि माधव नेपाल नेतृत्वकाे एकीकृत समाजवादी र लाेसपालगायतले पनि प्रचण्डलाई विश्वासकाे मत दिने निर्णय गरिसकेका छन् ।