काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार ठूलो समस्या बनिसकेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफद्यका क्रममा उनले भ्रष्टाचारको जड राजनीतिक इच्छाशक्तिको कमी भएको बताएका हुन् ।
गफ ठूलो गर्ने, तर आफैं भ्रष्टाचारको संरक्षक, उत्प्रेरक हुने गरेको भन्दै उनले भने, ‘आफू संलग्न नहुने, भ्रष्टाचारको कारण खोजी गर्ने र संलग्न जो सुकै किन नहोस्, दण्डित गर्न सक्यौं भने अरु धेरै गर्न सकिन्छ ।’
उनले कुरा कम, काम धेरै गरेर देखाउन भने । कुरा सुन्दा कान थाकेको र वाक्क दिक्क भइसकेकाे पनि उनले बताए ।