प्रदेश १ मा आज सभामुखको निर्वाचन हुँदै

विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुने भएको छ। सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको उम्मेदवारी छ ।

एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान प्रदेश सभा बैठक बस्दैछ ।

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ । दोस्रो कार्यकालका लागि गौतम सभामुख बन्नेछन् ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१