• २०८३ असार ९
  • 2026 June 23, Tuesday

एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ हो : भूसाल

काठमाडौं । नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले सोही पार्टीमा प्रवेश गरेको उनले बताएका हुन् ।

सैद्धान्द्धिक रुपले र वर्तमानमा बसेर इतिहास हेर्दै अगाडि बढ्न सकिने ठाउँ पनि एकीकृत समाजवादी भएको उनको भनाइ छ ।

कम्युनिस्ट आन्दोलन, विगतको नेकपा एमाले, माओवादी, नेपाल कम्युनिस्ट पार्टी निर्माण र भंग भएको अवस्थाको चित्रण र एकीकृत समाजवादीको सकारात्मक विषयको चर्चा नेता भुसालले पत्रकार सम्मेलनको अन्तिमतिर गरेका थिए । उनले पार्टीमा आफनो सदस्यता रिन्यु गर्न समेत लगाए ।