• २०८३ असार ९
  • 2026 June 23, Tuesday

योजनाकार ओली, मुख्य पात्र प्रचण्ड : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले देशको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली भएको बताएका छन् । उनले देशमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गरेका हुन् । तर मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल प्रचण्ड रहेको उनको भनाई छ ।

राष्ट्रिय सभाको आज शुक्रवारको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिएका हुन ।

सांसद गौतमले सबैको विश्वासको मत लिएर प्रधानमन्त्री बनेको भन्दै पुष्पकमल दाहल प्रचण्डलाई धन्यवादसमेत दिएका छन्। उनले सरकारलाई विश्वासको मत दिएकोमा कांग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि आभार व्यक्त गरे । सांसद गौतमले नेपालको संविधानमा केही पनि प्रतिपक्ष भन्ने नरहेको जिकिरसमेत गरेका छन्।